काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को कारण जारी लकडाउन असार १ गतेवाट खुकुलो भएको छ। खुकुलो भएयता सवैभन्दा बढी मार काठमाडौं उपत्यकालाई परेको छ।

कोरोनाको कहरको प्रारम्भका तीन महिना काठमाडौं उपत्यका ग्रीनजोन मानिएतापनि लकडाउन खुकुलो भएयता देश तथा विदेशवाट काठमाडौं उपत्यकामा आउनेहरुको बृद्धिले गर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्यामा व्यापक बृद्धि भैरहेको छ।

असार २६ गत शुक्रवारसम्म आइपुग्दा देशभर कोरोना संक्रमणको ग्राफ ओरालो लाग्दा काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। आज शुक्रवार उपत्यकाका तीन जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो। सोही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।