Education Board of Nepal

काठमाडौ। नेपालको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । यस पटक कक्षा बाह्रको परीक्षार्थीको उत्तीर्ण प्रतिशत घटेको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ एक लाख ९३ हजार एक सय २५ जना सहभागी भएकोमा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ सहभागी एक लाख सात हजार पाँच सय ६९ जना सहभागी भएकोमा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन्।

जुन कुल सहभागी संख्याको ३५ दशमलव ७४ प्रतिशत हो । गत कक्षा १२ को परीक्षा गत वैशाखबाट १० गतेबाट सञ्चालन गरिएको थियो । कक्षा बाह्रको विज्ञान समूहतर्फका परीक्षार्थीमध्ये ७९ दशमलव ४४ विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष नियमित तर्फ विज्ञान समूहबाट ४४ हजार आठ सय ९७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये ३५ हजार ६ सय ६८ जना उत्तीर्ण भएका थिए । विज्ञान समूहका विद्यार्थीको नतिजा भने गत साउन २० गते नै सार्वजनिक भइसकेको छ ।
प्रकाशन मिति–२०७४ साल भाद्र १५ गते विहीवार ।