काठमाडौं। नेपाली नृत्य क्षेत्रको नंबरी उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर एकिकृत भएपछि कामना कला केन्द्रले बृहता पाएको जिकिर तीन दशक लामो नृत्य कलाकारिताको अनुभवले खारिएका नृत्य–निर्देशक भुवन श्रेष्ठको रहेको छ।


बरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठका अनुसार, अव एउटै छानामुनी सवैखाले उत्कृष्ट डान्स सिक्न पाइने र डान्सका लागि आवश्यक गर–गहना तथा ड्रेस पाइनाले सवैलाई सहज र सरल हुन पुगेको हो। काठमाडौंको पुतलीसडकवाट कामना कला केन्द्र चावहिलको गोपीकृष्ण नगर स्थित मालपोत कार्यालय रोडमा स्थान्तर भएपछि बृहतता पाएको हो।

यस कला केन्द्रमा नेपाली नृत्य क्षेत्रका महान गुरुहरु भुवन श्रेष्ठ, प्रदीप श्रेष्ठ, शारदा शर्मा, नृपध्वज खत्री र केशव कोइरालाको संलग्नता र अगुवाई रहेको छ।


नृत्यका महान गुरु भुवन श्रेष्ठले विसं.२०५९ साल श्रावण ३० गते कामना कला केन्द्रको स्थापना गरेका हुन्। कामना कला केन्द्र नृत्य क्षेत्रको गौरबशाली तथा उत्कृष्ट नृत्य विद्यालय हो। जहाँवाट हालसम्म हजारौ विद्यार्थीहरु प्रशिक्षित बनेर कयन प्रतिभाशाली कलाकार बनिसकेका छन्। कति स्वदेशमा छन् त, कति विदेशमा विशिष्ट स्थानमा रहेर नेपाल र नेपालीको इज्जत बढाउने कार्य गरिरहेका छन्।


तीन दशक लामो अनुभवले खारिएका नृत्य निर्देशक भुवन श्रेष्ठ एकले हाँकिरहेको कामना कला केन्द्रमा अर्का चार हस्तीहरु प्रदीप श्रेष्ठ, शारदा शर्मा, नृपध्वज खत्री र केशव कोइराला थपिएपछि केन्द्रले थप ऊर्जा पाएको छ। त्यो ऊर्जाले नवीन सोच र संरचना पाएको छ।

कामना कला केन्द्रमा सवैखाले डान्स सिक्न पाउनुको अलावा डान्सका गर–गहना देखि डान्सका ड्रेस पाइनुको अलावा यो केन्द्रमा कसैले कुनैपनि स्टेजका प्रोग्राम, विमोचन कार्यक्रम, पत्रकार सम्मेलन लगायतका कार्यक्रम गर्नका लागि पनि आवश्यक व्यवस्था रहेको छ।

यी कार्यहरुले कामना कला केन्द्रले बृहतता पाउंदै गएको संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठको जिकिर रहेको छ। सवैको एकता तथा सदभावले कामना कला केन्द्रले अग्रता पाउंदै गएको छ। यिनै नृत्यको नंबरी विद्यालय कामना कला केन्द्रका संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठको बास्तविक नाम भने भुवन श्रेष्ठ होइन्। बास्तविक नाम भुवनदास श्रेष्ठ हो।

 

भुवनदास श्रेष्ठ भन्दा पनि नेपाली कलाकारिताको क्षेत्रमा भुवन श्रेष्ठ भनेर सवैले चिन्ने गरेको छ। अझ भन्ने हो भने, तीन दशक लामो नेपाली नृत्य कलाकारिताको क्षेत्रको अनवरत यात्रीको रुपमा भुवन श्रेष्ठलाई मान्ने गरिएको छ।

समय जति घर्केपनि भुवन श्रेष्ठको नृत्यमा हरदम हरपल नयाँपन रहेको छ। घमण्ड कुन चराको नाम हो भनेर थाहा पनि नपाएका भुवन श्रेष्ठ तीन दशकको नृत्यको इतिहासमा हजारौलाई नृत्य सिकाएर सवैका महान गुरु बनिसकेका छन्। भुवन श्रेष्ठले जन्माएका नृत्यका कयन कलाकारहरु यतिखेर विश्वभर छरिएर रहेका छन्। उनीहरु जहाँ जतारहेतापनि श्रद्धाले भुवन श्रेष्ठको नाम लिने गरेका छन्।

कठिन भन्दा कठिन पूर्विय कत्थक तथा शास्त्रीय नृत्य देखि आधुनिक अनि अत्याधुनिक नृत्यमा पनि त्यतिकै पोख्त नृत्य निर्देशक भुवन श्रेष्ठ यतिखेर नृत्य निर्देशक संघ नेपालका अध्यक्ष रहेका छन्। त्यसको अलावा भुवन श्रेष्ठ नेपालको अग्रपंक्तीको संगीत स्कुल नेपाल म्युजिक सेन्टरमा डान्स डिपार्टमेन्ट हेडका रुपमा कार्यरत रहेका छन्।

नेपाल फोल्कलोरिक फाउण्डेसनका प्रमुख सल्लाहकार समेत रहेका भुवन श्रेष्ठको जन्म सन् १९६५ साल अगष्ट ११ तारिखका दिन पिता केदारदास श्रेष्ठ तथा माता महालक्ष्मी श्रेष्ठको कोखवाट काठमाडौंको नघःल टोलमा भएको हो।

सानैदेखि कलाकारितामा अत्यन्त रुचि राख्ने भुवन श्रेष्ठले पढाईको हकमा आइ.कमसम्मको प्राज्ञिक शिक्षा हासिल गरेतापति नृत्य कलाकारिताको कत्थक तथा शास्त्रीय र आधुनिक नृत्यमा अनुभवको डिग्री नै हासिल गरेका छन्।

शास्त्रीय तथा कत्थक नृत्यका महान गुरु प्रवेश वान्तवादेखि राजघरानाका गौरबशाली गुरु राधेश्याम प्रधानसम्मका शिष्य भुवन श्रेष्ठले कयन कुमारी व्यांले, शिब–ताण्डव नृत्य, मालती मंगलेजस्ता अत्यन्त गौरबशाली नृत्य नाटकहरुमा बेजोड नृत्य अभिनय गरेर चमत्कार प्रदर्शन गरेर सवैको वाहवाही पाइसकेका छन्।

प्रतिभा कला मन्दिर, अनमोलन कला केन्द्र, नेशनल स्कुल अफ परफर्मिङ आर्टस्, साधना कला केन्द्र, हारती कल्चर ग्रुप, कलेज अफ फिल्म स्टडिज लगायतका नृत्यका संघ–संस्थाहरुमा नृत्यको प्रशिक्षक भएर कार्य गरिसकेका छन्।

नौडाँडापारि, मोहनी लाग्ला है, बांचा–बन्धन,देशद्रोही,उनको–संझनामा,जानकारी,पाइला,सुन्दर मेरो नाम,किसान,गुरुबा,रेखा लगायतका दर्जनौ–दर्जन नेपाली चलचित्रमा नृत्य–निर्देशन गरिसकेका भुवन श्रेष्ठले आधा दर्जन भोजपुरी फिल्महरुमा पनि नृत्य निर्देशन गरेर बेग्लै रेकर्ड राखिसकेका छन्।

काली गण्डकीको सेरोफेरो, राग–विराग, फु–मन्तर, मदनबहादुर हरिवहादुर, आमा, भूत, गोल्ड मेडल लगायतका नेपाल टेलिभिजनवाट प्रसारित टेलिफिल्मका समेत नृत्य निर्देशक भुवन श्रेष्ठले नेपालभाषाका दर्जनौ चलचित्रमा पनि नृत्य निर्देशन गरिसकेका छन्।

हजारौं स्टेजका कार्यक्रममा भाग लिएर सवैलाई नृत्यको बेग्लै रस चखाउन सफल यिनै नृत्यका महान गुरुले सयौं म्युजिक भिडियोको निर्देशन पनि गरिसकेका छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।