काठमाडौं। नेपाली चलचित्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको सुन्दरताको रहस्य खुलेको छ। सानैदेखि असली र गुणस्तरीय सुन्दरताको प्रसाधन कस्मेटिक प्रयोग गर्ने गरेको कारण बढ्दो उमेरमा पनि सुन्दरतालाई कायम गर्न सकेको खुलासा गरेकी हुन्।

विहीवार काठमाडौंमा जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले उक्त खुलासा गरेपछि उनको सुन्दरताको राज सार्वजनिक भएको हो।

त्यस्तै, अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफूहरुको लागि झनै उपयोगी हुने गरेको उनले बताईन् । नायिका भएका कारण आफु छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजक भएको र बिदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफुहरु झनै खुसी भएको पनि उनले बताईन्।

प्रकाशन मिति–२०७९ साल जेठ १४ गते शनिवार ।