काठमाडौं। बालुवाटार गैह्रीधारा रोडस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्धा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। आयोगले तीनजना पूर्वमन्त्री र तीनजना पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ।

तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेको छ। त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गरेको छ।

ललिता निवासको २ सय ९९ रोपनी जग्गा पञ्चायतकालीन सरकारले अधिग्रहण गरेको थियो। गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा करिब १ सय २२ रोपनीभन्दा बढी छ।
प्रकाशन मिति–२०७६ साल माघ २२ गते बुधवार ।