काठमाडौं। काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ।

काठमाडौं महानगरपालिकाको वडा १० शंखमुलस्थित केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर बिद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्षलाई चेक हस्तान्तरण गरेका हुन् । त्यस कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।

विसं.२०४२ सालमा स्थापना भएको अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ।
प्रकाशन मिति–२०७६ साल माघ २२ गते बुधवार ।