काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं सचिवालय सदस्य बामदेव गौतम औपचारिक रुपमै पार्टीको उपाध्यक्ष बनेका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गर्दै गौतमलाई उपाध्यक्ष बन्ने बाटो खोलिदिएको हो।

Bam Dev Gautam

गत असोजमै गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालयले गरेपनि केन्द्रीय कमिटीले विधान संशोधन गरेपछि वैधानिक प्रक्रिया पनि पूरा भएको हो। केही सदस्यले उपाध्यक्ष पद केन्द्रमा मात्र नभई तल्ला तहमा पनि राख्न माग गरे पनि हाललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित गरिएको हो।

यसैगरी बैठकले नेकपाका नेताहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। अनुशासन आयोगका संयोजकसमेत रहेका अमृत बोहोरा नेतृत्वको समितिलाई यसको जिम्मा दिइएको छ।
प्रकाशन मिति–२०७६ साल माघ १९ गते आइतवार ।