दोलखा। स्वर्गवासी नेपाली कांग्रेसका नेता भीमवहादुर तामाङको आठौं स्मृति दिवसमा दोलखाको भीमेश्वर नगरपालिका वडा नंबर–६ चरिकोटमा विशेष रक्तदान कार्यक्रम भएको छ।

नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा नेपाली काँग्रेस दोलखा जिल्ला कार्यालयको प्राङ्गणमा शनिवार बिशेष रक्तदान कार्यक्रम भएको हो। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा विशेष रक्तदान कार्यक्रममा १ सय ६४ औं पटक रक्तदान गरेर रक्तदानमा नयाँ कीर्तिमान कायम गरेका छन्।

सो कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, बिशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा अध्यक्ष श्याम गौतम रहेका थिए। त्यस्तैगरेर, कार्यक्रमको सभापतित्व नेपाल यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काले गरेका थिए।


प्रकाशन मिति–२०७७ साल मंसीर १३ गते शनिवार ।