काठमाडौं। मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्या लाग्योे काउसो….’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ।

रामचन्द्र काफ्ले र जुनु काफ्लेको स्वर रहेको उक्त गीतका संगितकार विकास चौधरी हुन्। भोजराज देवकोटाको लेखन, हाँस्य प्रधान चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, नविन आचार्य, अनु पराजुली, अर्जुन गुरुङ, सुरेन्द्र चापागाई, शान्ताकारम थापा, सनि भट्टराई, रामचन्द्र अधिकारी, रमेश बुढाथोकी, उग्रशेन ढुंगाना, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहने छ।

निर्मातामा सीताराम तिमल्सिना ‘ज्याक’, भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ वस्नेत रहेको यस चलचित्रको गीत, कथा निर्देशक मदन घिमिरेकै रहेको छ।

https://www.youtube.com/watch?v=c5Uwll6sxhQ&feature=youtu.be

प्रकाशन मिति–२०७५ साल भदौ ३१ गते आइतवार ।