काठमाडौं। काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ। आज मिति २०७५ साल भदौ १२ गतेबाट ४ दिनसम्म अर्थात भदौ १५ गते शुक्रबारसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो।

बसपार्क मर्मत गर्नुपर्ने भएकाले बन्द गरिएको भनिएतापनि बिमस्टेक सम्मेलन मूल कारण भएको अनुमान गरिएको छ। बिमस्टेक सम्मेलनमा ट्राफिकलाई न्यूनिकरण गर्ने उदेश्यले त्यसो गरिएको हो।

उक्त बसपार्कमा अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठुला यात्रुवाहक सवारी साधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरि सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ।

यता साँखु, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर ‘पिक एण्ड ड्रप’ मात्रै गर्ने व्यवस्था मिलाइएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १२ गते मंगलवार ।