काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना संक्रमित भएको पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यसमा काठमाडौं उपत्यकामा ३ सय ७७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै यो उच्च संक्रमित संख्या हो। काठमाडौं उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन्।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ। उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले विहीवारको प्रेस व्रिफिङमा वताएका छन्।


प्रकाशन मिति–२०७७ साल भाद्र ११ गते विहीवार ।