काठमाडौं। कोभिड–१९ को थर्ड भेरियन्टको महामारीको कारण काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–बिजोर प्रणाली हटाएको हो ।

बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गराउने निर्णय पनि गरेको हो ।

तर, १२ वर्ष पूरा नएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।

प्रकाशन मिति–२०७८ साल माघ २३ गते आइतवार ।