काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ। गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो। यो आवबाट घरबहाल करमा २ प्रतिशत कर घटाउने कार्य काठमाडौं महानगरपालिकावाट भएको छ।

कामपाले चालू आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ। निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपांगत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन्।

त्यस्तै, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराएमात्र निःशुल्क हुने व्यवस्था गरेको छ। गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अंगीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु २ हजार ५ सय कायम गरिएको छ।

व्यवसाय बन्द वा सन्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यो वर्ष रु एक हजार लिइने भएको छ। गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो। त्यसलाई घटाएर यो वर्ष रु तीन हजार कायम गरिएको छ।

काठमाडौं महानगरपालिकाको यो कार्यको काठमाडौं महानगरवासीले सह्राना गरेको छ। यस कार्य गर्ने काठमाडौं महानगरपालिकाका जननिर्वाचित लोकप्रिय मेयर विद्यासुन्दर शाक्यको तारिफ पनि गरिएको छ। अव भने, हाम्रा मेयर साहेवले सही कार्य गरेको उनीहरुले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ ६ गते बुधवार ।