काठमाडौं। काठमाडौं महानगरमा व्याप्त धुलोलाई काठमाडौं महानगरपालिकाले ब्रुमर मार्फत संकलन गर्ने कार्यमा तिब्रता दिएको छ। व्याप्त काठमाडौं महानगरको धुलोलाई संकलन गर्ने कार्य भएको हो।

संकलित धुलोवाट काठमाडौं महानगरपालिकाले इँटा बनाउने तयारी गरेको छ। काठमाडौं महानगरपालिका बाताबरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार, झण्डै दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सफा गर्ने काम गरिरहेको छ। हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ।

यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग काठमाडौं महानगरपालिकाले छलफल गर्न थालेको छ। हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले हाल संकलित धुलोवाट इट्टा निर्माण गर्ने संवन्धमा निर्माण गर्ने विषयमा छलफल भैरहेको र निर्माण गर्ने स्थानको पहिचान गर्ने कार्य पनि भैरहेको वताएका छन्।

काठमाडौं महानगरमा हरेक दिन ब्रुमरवाट सडक सफा गर्ने कार्य भैरहेको जानकारी पनि विभागिय प्रमुख श्रेष्ठले भनेका छन्। विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ । सोही मार्गअनुरुप काम भइरहेको छ। पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको विभागीय प्रमुख श्रेष्ठको भनाइ छ।
प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शुक्रवार ।