ललितपुर । लैंगिक हिंसा विरुद्धको जनचेतना अभियानमा विशेष गरेर महिला हिंसा विरुद्ध व्यवस्था गरिएका कानूनी प्रावधानहरुको बारेमा महिला अधिकारकर्मी तथा हिंसामा परेका महिलाहरुलाई थाहा नभएको अवस्था रहेको छ। यसवारेमा जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रेमी तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको पहलवाट भएको छ।

वडा अध्यक्ष  श्रेष्ठको पहलवाट ललितपुर महानगरपालिका वडा नंबर ५ को संयोजन तथा वडा नंबर ५ मा नै रहेको परिवर्तनको लागि सहकार्य नेपालको आयोजनामा १६ दिने महिला हिंसा विरुद्ध व्यवस्था गरिएका कानूनी प्रावधान विषयक तालिम भएको छ। वडाको वडा स्वास्थ्य समन्वय भवनमा आयोजित कार्यक्रममा २५ जना वडाका स्थानीय महिला दिदीबहिनीहरुको उत्साहजनक सहभागिता रहेको थियो। तालिम महिला अधिवक्ता विन्दिरा महर्जनले दिएकी थिइन्। यही फलदायी महिला हिंसा विरुद्धको १६ दिने तालिम विहीवार संपन्न भएको छ।

आयोजक संस्था परिवर्तनको लागि सहकार्य नेपालकी कोषाध्यक्ष सहारा केसीको सभापतित्वमा संपन्न समापन समारोहको प्रमुख आतिथ्यता वडा अध्यक्ष विकासमान श्रेष्ठ तथा आतिथ्यता वडाका वडा सदस्यहरु शोभा श्रेष्ठ, पूनम केसी र मञ्जु रिजालवाट भएको थियो। समापन समारोहमा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गर्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले तालिमको महत्व र आवश्यकता माथि प्रकाश पारेका थिए । कार्यक्रम संचालन तथा कार्यक्रमको संयोजन तारानाथ घिमिरेवाट भएको थियो।


प्रकाशन मिति–२०७७ साल मंसीर २५ गते विहीवार ।