काठमाडौ। नेपालीहरुको महान पर्व दशैंको प्रमुख आकर्षण चङ्गा पनि हो। आकाशमा उडेको चङ्गा हेरेर दशैंको रौनकता तथा उत्सव मनाउने नेपालीहरुका माझमा यो बर्ष ललितपुरको सातदोवाटो स्थित एक्टिभ मिडिया हाउसको आयोजनामा दशैं चङ्गा चेट २०१६ कार्यक्रम हुने भएको छ।

changa-chait-progm-by-active-media-house

काठमाडौको टुँडिखेलमा सार्वजनकि समारोह वीच यही असोज १४, १५ र १६ गते लगातार तीन दिनसम्म चङ्गा चेट कार्यक्रम हुन गैरहेको जानकारी आयोजक एक्टिभ यो मिडिया हाउसकी मेनेजिङ्ग डाइरेक्टर उमा श्रेष्ठले दिएकी छन्। श्रेष्ठका अनुसार चङ्गा चेट कार्यक्रमको साथमा सवै उमेर समूहका लागि डान्स कम्पिटिसन पनि राखिएको छ। उत्कृष्ट बन्नेलाई नगद २० हजार पनि पुरस्कार दिइने भएको छ।

साथमा विभिन्न परिकारका फुड स्टल तथा प्रत्येक दिनजसो सविन राई, अनिल शाही, रविन एण्ड द न्यू रेभ्युलेसन, सुगम पोखरेल, निशा देसार, सपना रानी लगायतका ख्यातिप्राप्त गायक–गायिकाका सांगीतिक प्रस्तुति हुने भएको छ। प्रवेश निःशुल्क गरिएकोले पनि यो बर्षको दशैंको चङ्गा चेट कार्यक्रमले अझ बढी सार्थकता पाउने आफूले महशुश गरेको आयोजक उमा श्रेष्ठले भनेकी छन्।

changa-chait-2

प्रकाशन मिति–२०७३ साल असोज ११ गते मंगलवार ।