काठमाडौ। बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौ जिल्लाको नतिजाले देशलाई नै प्रभावित पार्ने भएकोले काठमाडौको नतिजाप्रति सवैको चासो रहेको छ। काठमाडौमा रहेका दशैवटा क्षेत्रको प्रारम्भिक नतिजा आउन सुरु भएको छ।

काठमाडौको पाँच स्थानमा भइरहेको मतगणनामा केही निर्वाचन क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० नम्बर क्षेत्रको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress.

काठमाडौ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्। उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र माओवादी केन्द्रका अनिल शर्माले पछ्याएका छन्। काठमाडौ क्षेत्र नम्बर २ मा नेकपा एमालेका माधवकुमार नेपालले नेपाली कांग्रेसका दीपक कुइँकेलले भन्दा दोब्बर मतले अग्रता लिएका छन्। कुँइकेललाई विवेकशील साझाका सूर्यराज आचार्यले सँगसँगै पछ्याएका छन्।

Mr.Madhav Kumar Nepal

काठमाडौ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्ण राई अगाडि छन् भने नेपाली कांग्रेसकी अम्बिका बस्नेतले पछ्याइरहेकी छन्। काठमाडौ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका राजन भट्टराईको सुरुवाती अग्रता छ। कांग्रेसका गगन थापा २ सय मतले पछि परेका छन् ।

काठमाडौ क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल नेपाली कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन् भने ६ मा माओवादी केन्द्रका झक्कु सुवेदी नेपाली कांग्रेसका भीमसेनदाश प्रधानभन्दा २० मतले अगाडि छन् ।

Ram Bir Manandhar’s Ghar Dailo progm

काठमाडौ क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामबीर मानन्धर राप्रपाका विक्रम वहादुर थापा भने धेरै अगाडि छन्। रामवीर मानन्धर विजयको सुनिश्चिततामा पुगेको छ। काठमाडौ क्षेत्र नंबर ८ मा नेकपा एमालेका जीवनराम श्रेष्ठ र नेपाली कांग्रेसका नविन्द्रराज जोशी वीच टक्कर रहेको छ। श्रेष्ठ र जोशी वीच झिनो मतको अन्तर हुंदैआएको छ।

Dr.Ajaya Kranti Shakya, Krishna Gopal Shrestha & Keshav Pokhrel

काठमाडौ क्षेत्र नंबर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयको सुनिश्चितमा पुगेको छ। श्रेष्ठका प्रतिव्दन्दी नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ३ हजार मतान्तरले फरक पारिसकेका छन्। काठमाडौ क्षेत्र नंबर १० मा नेपाली कांग्रेसका राजन केसी अगाडि रहेका छन्। नेकपा माओवादी केन्द्रका हितमान शाक्य केसीलाई पछ्याउने क्रममा रहेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।