काठमाडौ । जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौमा विना अनुमति संचालन गरिराखेका ३० नीजि स्वास्थ्य संस्थामा सोमवार शिलवन्दी गरेको छ।

कुनै अनुमति नलिइकन जथाभावी रुपमा संचालन गरेका ती स्वास्थ संस्थाहरुमा शिलवन्दी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौले जनाएको छ।

Dental care

शिलबन्दी गरिएका स्वास्थ्य संस्थामा चाबहिलको समाज डेन्टल हस्पिटल, कोटेश्वरको अपर्ण डेन्टल क्लिनिक, अनामनगरको गोल्डेन डेन्टल क्लिनिक, बानेश्वरको जागरण क्लिनिक लगायत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ।

नियम मिचेर स्वास्थ्य संस्था चलाउनेमा नर्सिङ होम, लेजरथेरापी सेन्टर, प्याथोलोजी फेला परेको कार्यालयले बताएको छ।
प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।