Ktm ko fohor 3काठमाडौ। काठमाडौ महानगरपालिकाका कर्मचारीहरु फोहोरको राजनीति गर्नमा व्यस्त बनेका छन्। विगत तीन देखि काठमाडौका विभिन्न स्थानमा फोहोर उठाउने कार्यमा ती कर्मचारीहरु तगारो बनिरहेको पाइएको छ।

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भ्रष्ट कर्मचारीहरुलाई सरुवा गरिदिएपछि उनीहरुले सरुवा फिर्ता हुनुपर्दछ भन्ने माग राख्दै यतिखेर फोहोरको राजनीति गरेको महानगरपालिका समाचार स्रोतले भनेको छ।

ती भ्रष्ट कर्मचारीहरु आफ्नो स्वार्थपूर्ति गर्न नपाउने भयो भनेर काठमाडौ महानगरपालिकाका विभिन्न वडाहरुवाट फोहोर उठाउने कार्यमा फोहोर उठाउने कर्मचारीहरुलाई उक्साएर काममा अवरोध गरिरहेको समाचार स्रोतको दावी रहेको छ।

Ktm ko fohor 2विशेषत यस कार्यमा नेपाली कांग्रेसवाट विजयी बनेका वडा अध्यक्षहरुले पनि उनीहरुलाई साथ दिइरहेको कारण ती भ्रष्ट कर्मचारीहरुमा थप मनोबल बढिरहेको समाचार स्रोतको दावी रहेको छ।

मेयर शाक्यको एक सय दिन पुगेको बेलामा मेयर शाक्यलाई फेल गर्न नसकेपछि उनीहरुले त्यसप्रकारको फोहोरको राजनीति गरेको महानगरपालिकाका कर्मचारीहरुले नै गर्न थालेका छन्।

Ktm ko fohor 1जसले गर्दा काठमाडौ महानगरका धेरै स्थानका फोहोर उठाइएको छैन्। काठमाडौ महानगरवासीहरुको जनस्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै शहरको सुन्दरतामा समेत गंभीर असर पर्न थालेको छ। काठमाडौ गन्हाउन थालिसकेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २३ गते शुक्रबार ।