काठमाडौ। काठमाडौलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरुप काठमाडौ महानगरपालिकाले काठमाडौका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ।

सेवा संचालनका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्क प्राइभेट लिमिटेडबीच आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा हस्ताक्षर भएको ६० दिनभित्र सेवा संचालनमा आइसक्न काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंको रत्नपार्क, बसन्तपुर, हनुमानढोका, बालाजु बाइस धारा, स्वयम्भू, पशुपतिनाथ, बौद्ध लगायतका ६ स्थानहरुमा सवैभन्दा पहिले निःशुल्क इन्टरनेट सेवा संचालनमा ल्याउन लागेको हो।

काठमाडौ महानगरका वासिन्दा र पर्यटकहरुलाई लक्षित गर्दै यो सेवा संचालन गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवका दिनमा काठमाडौ महानगर भित्रका अन्य धेरै स्थानमा पनि निःशुल्क वाइफाई सञ्चालन गरिने सोचका साथ कार्य भैरहेको बताएका छन्।

यसअघि काठमाडौं महानगरपालिका वडा नंबर १० स्थित नयाँ बानेश्वर चोकमा निःशुल्क वाइफाई सेवा सुविधा काठमाडौं महानगरपालिकाले प्रदान गरिसकेको छ।
प्रकाशन मिति–२०७४ साल चैत्र १८ गते आइतवार ।