काठमाडौँ। नेपालका तीन नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सूचीमा पर्न सफल भएको छ। बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिका द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपालका ती नोट तथा सिक्का पारेको हो।

त्यसरी परेका नेपाली मुद्रामा नेपाली १ रुपैयाँ,५ रुपैयाँ र ५ सय रूपैयाँ नोटलार्इ संसारका सबैभन्दा सुन्दर नोटको सूचीमा राखेको छ। बिश्वका बिभिन्न २२ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का सूचीमा परेको हो।

नेपाली एक रूपैयाँको नोटमा कुददै गरेका २ ओटा मृगका बच्चाको तस्बिर छ भने ५ रूपैँमा दुर्इ ओटा चौरी गार्इ र पाँच सयको नोटमा एक जोडी पाटे बाघको चित्र छ । दुर्इ रूपैँयाको सिक्कामा भने एकपट्टी जोत्दै गरेको किसान र अर्कोपट्टी सगरमाथाको चित्र अङ्कित छ।

Mr.Sundar Shrestha-Vetran Designer of Nepal.

यी सवै नेपाली नोट तथा सिक्काको डिजाइन नेपालका प्रसिद्ध डिजाइनर आइडियल डिजाइनर्सका सुन्दर श्रेष्ठले गरेका हुन्। आफूले डिजाइन गरेका ती तीन नोट र सिक्का विश्वको उत्कृष्ट मुद्राको सूचीमा परेको खवरवाट आफूलाई अत्यन्त गर्ब लागेको डिजाइनर श्रेष्ठले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।