काठमाडौ। सडक विस्तारको नाममा काठमाडौका आदिवासी नेवार जातिको उठिवास गर्ने  सडक विस्तारविरुद्ध भएको विरोध प्रदर्शनमा झडप भएको छ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले लाठी तथा अश्रुंग्यास र पानीको फोहरा प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितर–वितर गर्ने क्रममा बुधवार दर्जनौ घाइते भएका छन्।

काठमाडौको माइतिघर मण्डलावाट शुरु भएको विरोध प्रदर्शन शान्तिपूर्ण ढंगवाट नयाँ बानेश्वर पुग्ने क्रममा प्रहरीले रोकेपछि दुवै पक्षवीच भीडन्त भएको हो।

त्यस भीडन्तमा ज्येष्ठ नागरिक देखि महिलासम्मलाई अभद्र व्यवहार गरेको प्रदर्शनकारीहरुको भनाई रहेको छ। प्रहरीको दमनमा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर देखि नेपालभाषाका प्रभावशाली अभिनेता रुपेन श्रेष्ठ समेत घाइते बनेका छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र १४ गते बुधवार ।