काठमाडौ। विश्वकै सर्वाधिक धनीहरुको सूची निकाल्ने फोब्र्स पत्रिकाले ३० बर्षमुनिका ३० को यो बर्ष २०१८ को सूचीमा नेपाली चेलेी कन्चन अमात्य पनि छनौटमा परेकी छन्। अमेरिकामा रहेका पत्रकार विजय थापाले यस कुरालाई पुष्टि गर्दै उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको भनेका छन्।

पत्रकार थापाका अनुसार, ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन जगदिसमान अमात्य कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन्। उनी जोली अमात्यकी बहिनी पनि हुन् फोब्र्सको त्यो सूचीमा विश्वप्रसिद्ध व्यक्ति विशेषहरु रहेका छन्।

२३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उद्यमी तथा हाल उनी युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् । अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन उद्यमको संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन्।

यसअघि अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरिसकेको छ। उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको थियो।

कञ्चन अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाएकी थिइन्। उनी काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन्। जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। उनले व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा कार्यपत्र प्रस्तुती समेत गरिसकेकी छन्।

यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् भने राष्ट्र संघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छन्।
प्रकाशन मिति–२०७४ साल चैत्र १४ गते बुधवार ।