पर्वत। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा पर्वतको कुस्मा बजारमा स्वयंसेवी रक्तदाताहरुको भेलाको आयोजना भयो।

रेकर्डेट रक्तदाता कर्माचार्यले भेलालाई प्रशिक्षण दिने क्रममा जबसम्म सम्बन्धित निकायले रक्त ब्यस्थापनमा गम्भीरता प्रकट गर्दैन तबसम्म सेवामा प्रभावकारिता पाउन सकिँदैन भनेका छन्।

त्यसकारण हामी स्वयंसेवी रक्तदाताहरू यिनै बिषयलाई लिएरै भएपनि सम्बन्धित निकायमा दबाब दिन पछि पर्नु हुन्न समेत भनेर कर्माचार्यले ढाड्स दिने कार्य भएको छ।

यही बृहत् भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला तदर्थ कार्यसमिति समेत गठन गरिएको छ । जसमा नीरबहादुर फकामी पुन अध्यक्ष , पृथबहादुर पुन उपाध्यक्ष , सुजन पुनमगर सचिव , खिममाया पाईजा गिरी कोषाध्यक्ष रहेका छन्।

कार्यसमितिमा सदस्यहरू क्रमशः प्रकाश बिक सुनार,सबिना पुनमगर,टैमाया फकामी पुनमगर,तारा पाईजा, लिला पुर्जापुन,टकमाया फकामी पुन र मिलन पुन छन्। सल्लाहकारहरु गणेश पुनमगर,जीवन पुनमगर र प्रितिमाया पुर्जामगर रहेका छन् ।


प्रकाशन मिति–२०७४ साल चैत्र ११ गते आइतवार ।