काठमाडौ। काठमाडौंको सुन्धारास्थित काठमाडौं महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई अत्यन्त मर्का परेको छ। महानगरपालिकाका विभिन्न विभाग तथा कार्यालयहरु काठमाडौंका विभिन्न नौ स्थानमा कार्यालय छरिएर रहेको कारण सेवाग्रहीहरुलाई मर्का परेको हो।

विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौं महानगरपालिकाको सुन्धारास्थित कार्यालय हरिभवनको तत्काल पूर्नरनिर्माण गरेर एकैस्थानवाट सेवा दिनुपर्ने सरोकारवालाहरुको धारणा रहेको छ। बागदरवार समेत भनिने गरेको हरिभवन महाभूकम्पको कारण अत्यन्त जीर्ण बनेको छ।

त्यस बागदरवार भनिने गरेको हरिभवन भत्काएर पूर्नरनिर्माणको लागि संपूर्ण कार्य थालनी भैसक्दाको अवस्थामा सर्वोच्च अदालतमा मुद्दा हाल्ने कार्य भएपछि पूर्नरनिर्माण हुन नसकेको हो। अर्कोतर्फ सोही हरिभवनलाई नभत्काइन पूर्नरनिर्माण गरिने कोशिश पनि भएको हो। तर, काठमाडौ महानगरपालिकाले डिजिकन इन्जिनीयरिङ कन्सल्टिङ प्रा.लि. स्वतन्त्र परामर्शदाताबाट सेवाखरिद गरी अध्ययन गराउँदाभवनका इँटा, गारो, काठ, मसलाआदिले कामगर्न छोडेकोले रेक्ट्रोफिटिङ गर्दा भवन बलियो नहुने सिफारिस गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको भनाई रहेको छ।

सानातिना भूकम्पबाट समेत उक्त भवनमा जोखिमयथावत रहने अध्ययनको निष्कर्ष रहेको पनि प्रवक्ता डंगोलले भनेका छन्। सवलीकरण गर्दा ३० प्रतिशतभन्दा बढी खर्च लाग्न नहुनेमा नयाँ निर्माण गर्दाको मूल्यको ३९ प्रतिशतभन्दा बढी लाग्ने देखिएको छ। नेपाल सरकार पुरातत्व विभागबाट समेत हरिभवन भत्काउन सहमतिदिएको प्रवक्ता डंगोलले खुलासा गरेका छन्।

जीर्ण हरिभवनमा सार्वजनिक सेवाप्रवाह गर्ने कार्यालय सञ्चालन गर्दा ठूलो धनजनको क्षतिहुने खतरा रहेको छ। आर्थिक कारणमा वि.सं. २०६० सालयता २०७२ सालसम्ममा पटक पटक मर्मत गर्दा १५ करोड भन्दा बढी महानगरपालिकाले खर्च गरिसकेको जानकारी पनि प्रवक्ता डंगोलले दिएका छन्। विभिन्न ९÷१० ठाउँबाट काठमाडौं महानगरपालिकाको सेवाप्रवाह गर्दा मासिक १७ लाखभन्दा बढी घरभाडा तिर्नु परिरहेको छ। जति मर्मत गरे पनि प्राविधिक रुपमा कमजोर भएकोले श्रोत वालुवामा पानी हाले जस्तो मात्र हुने सरोकारवालाहरुको जिकिर रहेको छ। सवलीकरण गर्दा नयाँ बनाउने भवनको ३९ प्रतिशतभन्दा बढी खर्च लाग्ने महानगरपालिकाको रिपोर्टमा उल्लेख रहेको छ

सांस्कृतिक/पुरातात्विककारणको कुरा गर्दा वि.सं. १९९०–१९९४ मा बनेको हुँदा १०० वर्र्ष नपुगेको निर्माणको ८३ वर्ष पूरा भएको देखिन्छ। हरिभवन कुनै अद्वितीय सम्पदा नभएको र पुरातत्व विभागको अभिलेखमा कुनै त्यस्तो सांस्कृतिक÷पुरातात्विक महत्व तथा कुनै विशिष्ट व्यक्तिको आवास पनि नभएको महानगरपालिकाले भनेको छ। कुनै समय हरिभवन दरवार नभइकन हरि शमशेर राणाको आवासीय भवन मात्र भएको दावी पनि महानगरपालिकाको रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुष १३ गते शुक्रवार ।