काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अरु ५२ जनाभन्दा बढी घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । नयाँवर्षका अवसरमा आयोजना गरिने ‘नौरुज’ भनिने कार्यक्रममा एक अज्ञात व्यक्ति प्रवेश गरी आत्मघाती विस्फोट गराएको बताइएको छ।

समारोहमा धेरैजसो अल्पसंख्यक शिया समुदायका मानिसको उपस्थिति थियो। इस्लामिक अतिवादी समूह ‘आइएस’ले घटनाको जिम्मेवारी लिएको छ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र ७ गते बुधवार ।