काठमाडौं। गणेशदेवी मानन्धर फाउण्डेसनको आयोजनामा काराओके सांगीतिक कार्यक्रम संपन्न भएको छ। विलक्षण प्रतिभाका नव गायक–गायिका देखि अग्रज गायक–गायिकासम्मको संलग्नतामा काराओके सांगीतिक कार्यक्रम संपन्न भएको हो।

आयोजक फाउण्डेसनका विजय कुमार मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट कलाकार पवन जोशी, बरिष्ठ गायक जुजुकाजी रंजितको प्रमुख आतिथ्यतामा भएको काराओके कार्यक्रममा सवै कलाकारका एक से एक प्रस्तुति थियो।

आयोजक समितिको तर्फवाट डा.राजु मानन्धरले स्वागत भाषण गरेका थिए।

प्रकाशन मिति–२०७९ साल पुस १९ गते मंगलवार ।