काठमाडौ। नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको बारेमा अव पुस्तक आएको छ। डा.भट्टराईको जीवनीमा आधारित अविराम बाबुराम नामक किताव काठमाडौमा शनिवार आयोजित समारोहमा सार्वजनिक भएको छ।

Baburam Bhattarai ko Kitabपत्रकार अनिल थापाव्दारा लिखित उक्त कितावमा बाबुराम भट्टराईको अध्ययन, यात्रा, सशस्त्रयुद्धकाक्रममा भएका उतार–चढाव, शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछिको अवस्थालाई उल्लेख गरिएको छ। पार्टीभित्रको अन्तरद्वन्द्व, पार्टी छोड्नको कारण, नयाँ शक्तिको आवश्यकतालगायतका विषयलाईसमेत पुस्तकमा समेटिएको छ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका संयोजक पूर्वप्रधानमन्त्री भट्टराईले पुस्तक आफ्नो जीवनीमाभन्दा पनि समकालीन समाजमा बढी केन्द्रित रहेको बताए।
प्रकाशन मिति–२०७३ साल भदौ १८ गते शनिवार ।