काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भाद्र महिनाको अन्तिम हप्तातिर सकिदैछ। यसक्रममा कार्यकारी निर्देशक घिसिङलाई फेरि चार बर्षको लागि दोहोर्याउनु पर्छ भन्ने जमात धेरै बढिरहेको छ।

नब्बे प्रतिशतभन्दा बढीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा दोहोर्याउनु पर्दछ भनिरहेको वर्तमान परिप्रेक्ष्यमा युवा कम्युनिष्ट विचारक तथा राजनीतिज्ञ युद्धविक्रम तामाङले फरक विचार राखेका छन्। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा दोहोर्याउनु भन्दा राष्ट्रिय सभामा रिक्त एक पदमा मनोनित गरेर त्यसमा लग्नुपर्ने र त्यसपछि ऊर्जा मन्त्री वनाउनुपर्ने राय राखेका छन्।

युवा विचारक तामाङले सामाजिक सञ्जाल मार्फत उक्त राय सरकारलाई दिएका छन्। उज्यालोका मसिहा नै मानिएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणलाई ह्याण्डिल गर्ने ऊर्जा मन्त्रालयको जिम्मेवार मन्त्री नै वनाएमा अझ नेपालमा ऊर्जाको विकासमा ठूलो योगदान रहने विचारक तामाङको जिकिर रहेको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।