काठमाडौं। नेपालको सरकारी सेवामा २० हजार निजामती कर्मचारीको अभाव देखिएको छ। त्यसलाई पूर्ति गर्नका लागि लोकसेवा आयोगले निजामती कर्मचारी आवश्यकताको विज्ञापन गर्ने अन्तिम चरणमा पुगेर नगर्ने भएको छ ।कोरोनाभाइरस संक्रमण कारण देखाएर लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगरेको हो।

लोकसेवा आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो। तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने तयारी गरेको छ। संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको छ। यद्यपी परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने बताइएको छ।

आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ। तर, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने भनेका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।