काठमाडौं। एक पछि अर्को मनमोहक भिडियो खिच्न तथा निर्देशन खप्पिस बेलायतवासी निर्देशक कुशल श्रेष्ठको निर्देशनमा विलकुलै नयाँ मनमोहक गीतको भिडियो रिलिज भएको छ।

चर्चित गायिका मेलिना राईको तिलस्मी जादूले भरिएको आवाजमा ‘फूलहरु मगमग’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा अभिनेत्री सिर्जना निङ्लेखुको बेजोड अभिनय रहेको छ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मनै रम्ने मनमोहक दृश्यको रंगमय गजबको संयोजन छन्। जुन निर्देशक कुशल श्रेष्ठको कुशलता नै मानिएको छ।

प्रकाशन मिति–२०७८ साल माघ ३ गते सोमवार ।