UML-Mao-1-650x433काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल ढल्नवाट बचेको छ। बुधवार ओली सरकारको बलियो टेवा एमाओवादीका अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिएको औपचारिक अपिल सार्वजनिक भएको थियो।

प्रचण्डले एकाएक त्यसरी ओली नेतृत्वको सरकारलाई अविश्वास प्रकट गरेपछि नेपाली राजनीतिमा निक्कै तरलता आएको थियो। उथलपुथल जस्तै भएको थियो। सच्चा राजनीति गर्ने तथा नेपाललाई माया गर्ने नेपालीहरुले प्रचण्डलाई सत्तोसराप पनि गरे। भारतको इशारामा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गोटीको रुपमा प्रस्तुत भएर प्रचण्डले नेपाली राजनीतिमा ठूलो दूर्घटना गर्न खोजेको पनि भने।

एमालेका बरिष्ठ नेता बामदेव गौतमले विहीवार प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रचण्डसंग गोप्य मन्त्रणा गरेपछि उक्त भयंकर दूर्घटना टरेर गएको थियो। प्रचण्डले तत्काल सवै कुरा बुझेर ओली सरकारलाई नै निरन्तर समर्थन भएको जनाउ दिएपछि प्रचण्डलाई गोटी बनाउन खोजेका देउवा लगायत सवै कांग्रेसी नेताहरु जिल्लाराम बनेका थिए। स्वयम् प्रचण्ड पनि जोक्कर वन्नवाट बचे। कांग्रेसीहरु आफूहरुलाई प्रचण्डले ठूलो धोका दिएका भन्न चुकेन।
प्रकाशन मिति–२०७३ साल बैशाख २३ गते विहीवार ।