काठमाडौं। कोरोनाको कारण देखाएर भगवान पशुपतिनाथको दर्शनमा रोक लगाएको छ।

पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो। कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ।

वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्रीपशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ।

सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ।


प्रकाशन मिति–२०७८ साल बैशाख १० गते शुक्रवार ।