काठमाडौं। लामो समय देखि सो सडक विस्तारले गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको जोरपाटी देखि सुन्दरीजलसम्मको सडक बल्ल कालोपत्रे हुन शुरु भएको छ। जोरपाटी सुन्दरीजल सडक अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ को मूल सडक खण्ड बुधवारबाट कालोपत्रे शुरु भएको हो।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उक्त सडकखण्ड कालोपत्रे कार्यको पूजाआजा गरेर कालोपत्रे कार्यको शुभारम्भ गरेका हुन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ,वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत, उमा थापा, लाक्स श्रेष्ठ ,बिष्णु सुनाम लगायत स्थानीयको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका नगर समितिका सदस्य समेत रहेका युवा नेता लाक्स श्रेष्ठले गोकर्णेश्वरको सडक कालोपत्रेसंगै लामो समयदेखि स्थानीयले भोग्दैआएको चर्को धुलो तथा हिलोवाट मुक्ति पाएको र विकास निर्माणमा लहर आएको वताएका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख ८ गते बुधवार ।