–विजयराम पौडेल
न्यूयोर्क (अमेरिका) । नेपालमा हरेक पटक कोरोना संक्रमण दर बढे संगै राज्यले एउटा कुरा मात्र गरेको देखियो । त्यो हो यातायात बन्द ,आन्तरिक र बाह्य उडान बन्द आवत जावत ,ब्यबसाय बन्द समग्रमा अर्थतन्त्र बन्द । बन्द गरीदिने त्यस पछि राज्य संचालनको तहमा बस्नेहरु दुला पस्ने । आरामसँग बस्ने । देशको अर्थतन्त्र कसरी चलाउने ? यस्तो बिषम परिस्थितिमा जनताको दैनिकी कसरी सहज बनाउने भन्ने जस्ता बिषय गौँण छन् ।

यो महामारी पन्ध्र दिन वा एक महिनाका लागि सबै संयन्त्र बन्द गरेर जादुको छडी जस्तो चट् हुने भए त हुन्थ्यो । कति समय रहन्छ भन्ने टुङो नभएको परिस्थितीमा नेपाल जस्तो देशले पटक पटक अर्थतन्त्र बन्दगर्नु बुद्धीमानी हो जस्तो लाग्दैन । महामारीसँग लड्न आर्थिकदेखि सामाजिक योजना बनाएर मात्र सम्भब होला।

गत पुष महिनामा कोरोनाभाइरस सँक्रमणबाट अमेरिकामा दैनिक ३ हजार ५ सयको दरले मृत्‍यु हुँदै गर्दा म नेपालमा नै थिए। नेपालमा पनि संक्रमण त्यस्तै थियो । मान्छेहरु रुघा खोकी लागेपनि हिंडडुल गरिरहन्थे। ज्वरो आएको थियो–साईनेक्स, सिटामल खायो निको भयो भनेको धेरै सुने । न जनस्तरबाट बिधि पुर्याएर मास्क लगाउने चलन छ। न राज्यले नै मास्कलाई सही ढंगबाट प्रयोग गर्न प्रेरित गरेको छ।

भनौ भने, नेपालमा अधिकांस मानिसलाई कोरोना एउटा भ्रम मात्र हो भन्ने छ। कतिपयले कोरोना भनेको रुघा खोकी रहेछ भनेर हलुकारुपमा लिएको सुनेको छु । समग्रमा कोरोनाभाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआएसम्म उचित ढंगले संक्रमणबाट बच्न मास्क मात्र एउटा तरिका हो।

मास्क प्रयोग जस्ता अस्थायी बिधि अपनाएर साबुन पानीले राम्रोसँग धोएर वा अनुशासित भएर सेनिटाईजर प्रयोग गरेर जनजीवन चलाउंदै जति सक्दो छिट्टै प्रत्येक नागरिकलाई भ्याक्सिन दिन राज्य लागि पर्नुपर्ने हो। तर, नेपालमा त्यस्तो भैरहेको छैन।

अर्को तर्फ अहिलेको सँक्रमण भारततिरबाट ज्यादा भित्रिएको हुँदा। भारतसँगको सिमा नाकातर्फ राज्यको योजना केन्द्रित हुनुपर्ने हो। तर रोग एकातिर उपचार अर्को तिर भने जस्तो भएको छ। जता गए पनि यसरी मास्क लगाए कुरै खत्तम !

(लेखक विजयराम पौडेल अमेरिकावाट प्रकाशित विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ।)
प्रकाशन मिति–२०७८ साल बैशाख १९ गते आइतवार ।