काठमाडौं। ३ नंबर प्रदेश अर्थात बागमती प्रदेश सरकारमा समावेशी हुन सकेको छैन्। विशेषत यो प्रदेशमा जनजातिको वाहुल्यता भएतापनि प्रदेश सरकारमा जनजातिलाई उपेक्षा गरेको जिकिर ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको रहेको छ।

सांसद शाक्यले भिजन नभएको मुख्यमन्त्रीको कारण नै जनजातिलाई उपेक्षा गरेको ठहर गरेका छन्। जनजातिलाई उपेक्षा गर्नुको मुख्य कारण नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भिजन नै नभएको यही कारणले बागमती प्रदेश सरकारमा एकजना पनि जनजाति नसमेटिएको दावी सांसद शाक्यको रहेको छ।।

अर्कोतर्फ प्रदेशको विशेषतालाई मुख्यमन्त्री पौडेलले महत्व नदिएको गुनासो पनि सांसद शाक्यको रहेको छ। ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशमा नेवार र तामाङको बाहुल्यता भएको प्रदेश हो। यो प्रदेशका ११० सांसदमध्ये ५४ जना जनजाति सांसद छन्। काठमाडौँ उपत्यकाकावाट मात्र पनि करिब ३४ जना जनजाति सांसद छन् ।

यति धेरै जनजाति सांसद भएको यो प्रदेशमा जातीय सन्तुलनका लागि जनजातिलाई उचित स्थान दिनुपर्नेमा मुख्यमन्त्री डोरमणि पौडेलले नदिएको तितो यथार्थता सांसद शाक्यले पोखेका छन्। मकवानपुर जिल्ला स्तरको मात्र मुख्यमन्त्री पौडेल नेता भएको कारण प्रदेशको वस्तुस्थिति नबुझेको कारण बागमती प्रदेश सरकारमा कोही पनि जनजातिलाई स्थान नदिएको यथार्थता पनि सांसद शाक्यले खुलासा गरेका छन्।

जिल्ला स्तरको मात्र नेता भएको कारण आफ्नो स्तरभन्दा माथि उठ्न नसकेको कारण मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई समावेशी सरकार बनाउन नसकेको आरोप लगाउन पनि सांसद शाक्य चुकेनन्।
प्रकाशन मिति–२०७८ साल बैशाख १८ गते शनिवार ।