काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। बीबीसीका अनुसार स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

५५ वर्षीय जोन्सनलाई सेन्ट थोमस अस्पतालमा उपचार भएको थियो। आफ्नो उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीप्रति प्रधानमन्त्री जोन्सनले आभार व्यक्त गरेका छन् ।
प्रकाशन मिति–२०७६ साल चैत ३० गते आइतवार ।