काठमाडौं। विश्वको बैभवशाली मुलुक अमेरिका र चीनवीच वार्ता भएको छ। विश्वभर महामारीको रुपमा फैलिदैगरेको कोरोनाभाइरसको संक्रमणका विरुद्ध मिलेर कार्य गर्न दुईदेश वीच वार्ता भएको हो।

कोरोनाभाइरस विरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको खुलासा गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनका राष्ट्रपति सीसँग कुराकानी भएको आफ्नो सामाजिक सञ्जालमार्फत् जनाएका छन् । ट्रम्पले कोरोनाभाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने सहमति भएको पनि बताएका छन्। कोरोनाभाइरसलाई पटक पटक ‘चाइना भाइरस’ भन्दै आएका ट्रम्पले अन्ततः सीसँग कुरा गरेका हुन् ।

आजको वार्तामा भने ट्रम्पले ‘भाइरस’ मात्रै उल्लेख नगरिकन चीनप्रति सम्मान नै व्यक्त गरेका छन् । ट्रम्पले चीनको सहयोग लिएर अमेरिकामा फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रणमा लिने संकेत गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले भने विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नियन्त्रणका लागि पूरा विश्व एक भएर लड्नुपर्ने बताउँदै आएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १४ गते शुक्रवार ।