काठमाडौं। कोरोना कहरमा सुनको मूल्यमा उतार–चढाव कायम भैरहेको छ। आज मंगलबार सुन केही सस्तो भएको छ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपालको स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९७ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार पनि ५ सयले घटेर ९७ हजार ९ सय कायम भएको थियो। चाँदीको भाउ भने १३ सय २० मा स्थीर रहेको पनि महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १९ सय ४० डलर हाराहारीमा कारोबार भैरहेको थियो।

नेपालका ४२ जिल्लाहरुमा लकडाउनका कारण सुनचाँदीको व्यापार ठप्प जस्तो नै छ। खुलेका जिल्लाहरुमा पनि सुन किन्ने भन्दा बेच्नेहरु बढी पाइएको सुनचाँदी व्यवसायीहरुको भनाइ छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ९ गते मंगलवार ।