काठमाडौं। कोरोनाको महामारी यता छिमेकी मुलुक चीनवाट नेपालमा चिनियाँ कामदार आएको थिएन। नेपालमा कार्यरत चिनियाँ कामदार पनि चीनमा नै फर्केका थिए। अव भने अवस्था फरक भएको छ। चीनवाट चिनियाँ कामदार कोरोना विरुद्धको भ्याक्सिन लगाएर नेपालको काममा फर्केको छ।

अधुरो छाडेर गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेको खवर अनलाइन खवरले उल्लेख गरेको छ। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्।

चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ। सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन्। उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ। यसरी चीनबाट सुरक्षा सावधानीका साथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाइ नेपाल आउने बाटो खुल्ला भएको छ।

कोरोना खोप लगाएका कुनैपनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्रपनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन्। चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन्। थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने भएको छ।
प्रकाशन मिति–२०७७ साल पुस १२ गते आइतवार ।