काठमाडौं। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले गीत गायनमा विश्व रेकर्ड राखेको छ। लगातार चार घण्टा पाँच मिनेटमा ५९ वटा विभिन्न नेपाली गीत गाएर राज्यमन्त्री मानन्धरले गीत गायनमा विश्व रेकर्ड राखेको हो।

्काराओके ईन्टरटेन्मेन्टका संस्थापक तथा काराओके आईडल खगेश रन्जितकारको कार्यक्रम संयोजन तथा कार्यक्रम उदघोषवाट शुरु भएको विश्व रेकर्ड गीत गायन कार्यक्रमको उदघाटन सूचना तथा प्रविधि र सञ्चार मन्त्री पार्वत गुरुङवाट भएको थियो। भजन शिरोमणि भक्तराज आचार्यको गायन रहेको अजम्बरी गीत जहाँ छन बुद्धका आँखा बोलवाट राज्यमन्त्री मानन्धरले गीत गायन शुरु गरेका थिए।

अजम्बरी तथा युगिन विभिन्न ५९ वटा गीत गाउंदा पटक्कै नथाकेका राज्यमन्त्री मानन्धरलाई ऊर्जा प्रदान गर्न नेपाली सेनाका पूर्व अधिकृत समेत रहेका कार्यक्रम संयोजक खगेश रञ्जितकार नेपालको झण्डा बोकर बेला बेलामा जोसिएर नाच्न पुगेका थिए। जुन निक्कै आकर्षक पनि देखिएको थियो। त्यसको अलावा नेपालको फस्ट लेडी प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको गरिमामय उपस्थिति र सफलताको शुभकामनावाट पनि हौसिएका राज्यमन्त्री मानन्धरकै बालाजु बाइपासस्थित अष्टनारायण हलमा कार्यक्रम भएको थियो। साथमा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद केशब स्थापितको समेत उपस्थिति रहेको थियो।

राज्यमन्त्री मानन्धरको कार्यक्रमको प्रस्तुति अबलोकन गर्न वर्ल्ड बूक अफ रिकर्ड यु के नेपाल च्याप्टर प्रमुख सगर कटुवाल, गायक निर्णय श्रेष्ठ , गायक अजय अधिकारी , संचारकर्मी सृजना दुवाल र संगीतकार सीतामैया राचल पुगेका थिए।
चार घण्टा पाँच मिनेटमा ५९ वटा गीत लगातार गाएर विश्व रेकर्ड राखेका राज्यमन्त्री मानन्धरलाई वर्ल्ड बूक अफ रिकर्ड युके नेपालकी सदभावनादुत भवानी राणाले प्रोभिजनल सर्टिफिकेट प्रदान गरिएको थियो।

उक्त सर्टिफिकेट हातमा राख्दै राज्यमन्त्री मानन्धरले नेपाल र नेपालीको लागि अझ धेरै काम आफूले गर्न वाँकी छ भन्दै यो आफ्नो सानो प्रयास मात्र भएको भावप्रधान मन्तव्य राखेका थिए। कार्यक्रमम संयोजक खगेश रन्जितकारले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने गायिका प्राश्ना शाक्य, गायक प्रशान्त श्रेष्ठ, कराओके ईन्टेरटेन्मेन्टका एम डी रुचिका तण्डुकार, ईडीटर राज मानन्धर र ब्यबस्थापक तथा राज्यमन्त्री रामबीर मानन्धरका स्वकिय सचिब जयप्रकाश श्रेष्ठलाई धन्यवाद दिएका थिए।

प्रकाशन मिति–२०७७ साल पुस १२ गते आइतवार ।