काठमाडौं। नेपाली गीत–संगीतको क्षेत्रमा व्यस्तताका बाबजुद पनि विगत तीन दशक देखि निरन्तर सक्रिय चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० मा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो।

पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो। त्यसैगरेर, रातोपाटी डटकमका पत्रकार कुबेर गिरीलाई रंग पत्रकारिता पुरस्कार तथा अर्का अग्रज रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’ले सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा नेपाली भाषा तथा विभिन्न भाषा क्षेत्रका दर्जनौ दर्जन कलाकर्मीहरुलाई नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० अवार्ड वितरण गरिएको थियो।

प्रकाशन मिति–२०७७ साल पुस ११ गते शनिवार ।