सुनसरी।अर्नाको लागि प्रसिद्ध मानिने पूर्वीनेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको जनाएको छ।

आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेको आरक्षले भनेको छ।

तीमध्ये ८३ प्रतिशत अर्ना कोशी नदीको पूर्वी तटबन्ध आसपास क्षेत्रमा र १७ प्रतिशत अर्ना कोशी नदीको पश्चिमतर्फ रहेका छन्। विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा विसंं. २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा अहिले वृद्धि भई ४ सय ४१ पुगेको हो।


प्रकाशन मिति–२०७५ साल जेठ ७ गते सोमवार ।