काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन्। रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको हो। मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि राष्ट्रकवि घिमिरेलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले बताएका छन्।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले राष्ट्रकवि घिमिरेको उपचार भैरहेको छ। ९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो।

यसैवीच सोमवार नै ग्राण्डी अस्पताल पुगेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेसंग भेटेर शिघ्र–स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ ७ गते सोमवार ।