काठमाडौ। स्वभाविक अभिनयका माहिर अभिनेता अमृतमान महर्जनको निर्देशनमा खतरनाक चलचित्र निर्माण भएको छ। यस चलचित्रको नाम नै क्रिमनल राखिएको छ।

पूर्वीनेपालको झापामा छायाँकन संपन्न गरेर आएको यस चलचित्रवाट खतरनाक खलनायक ध्वंजसिंह भण्डारीको डेब्यु भएको हो। खलनायक भण्डारी सुदुरपश्चिम नेपालको बैतडीका स्थानिय वासिन्दा हुन्।

भारतको देहरादुनवाट अभिनयको २ बर्षे प्रशिक्षण पूरा गरेर नेपाल फर्केका सिंहको निर्देशक महर्जनसंग संपर्क भएपछि चलचित्र क्रिमनल खतरनाक खलनायक बन्ने अवसर पाएका हुन्।

खाइलाग्दो ज्यान तथा डरलाग्दो अभिनयका धनी सिंह आफू अभिनयको लागि जन्मेको कलाकार भन्न रुचाउंछन्।


प्रकाशन मिति–२०७५ साल साउन ३ गते विहीवार ।