काठमाडौं। हाम्रो शरीर विग्रनुको मुख्य कारण नै उचित समयमा उचित खाना नखानु नै हो। अझ विशेषत खाली पेटमा खान नहुने खाना खाने होडबाजीले गर्दा हामीले हाम्रो शरीरलाई हामी आफैले विगारीरहेका हुन्छौ। यसको जिम्मेवार हामी आफै हो। यसकारण उचित मात्रामा, उचित समयमा हामीले खाना खाने बानी बसाल्नु पर्दछ। जुन स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ।

कतिपयको विहान उठ्नासाथ खाली पेटमा मनतातो पानी पनि नपिइकन सिधै कफी या सोडा खाने वानी हुन्छ। जुन नराम्रो बानी हो। त्यस्तै, विहान उठ्नासाथ ब्लाँक–टी नखाइकन दूधवाला चिया खान नै हतार गर्नु पनि नराम्रो हो। कोही कोही खाली पेटमा नै जाँड–रक्सी, वियर खाने होडवाजी गर्नेहरु पनि पाइएको छ। त्यो पनि नराम्रो बानी हो। पहिला पेट भरेर खाँदा यस्ता कतिपय कुराले विगार गर्दैन । यसतर्फ तपाई हामी सचेत नै हुनु आवश्यक छ।
तसर्थ, यी खानेकुरा खाली पेटमा भुलेर पनि हामीले खानु हुन्न !

१.सोडा–सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।

२.गोलभेडा–गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।

३.मदिरा–त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।

४.मसलेदार–कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पु-याउन सक्छ ।

५.कफी–गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।

६.दही– दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।

७.केरा–केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।   (Photo Modeling-Shilashma Hamal)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ ११ गते मंगलवार ।