काठमाडौं। खुला स्थानमा दिसा–पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या भएको छ। हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ।

बीबीसीका अनुसार, मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा–पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण भएको प्रहरीको भनाइ छ। आक्रमणमा पर्नेमा वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नामका बालबालिका रहेका छन्।

पीडितका पारिवारले बीबीसी हिन्दीसँग घरमा शौचालय नभएकाले उनीहरूले खुला स्थानमा दिसा–पिसाब गरेको बताएका छन्।
लाखौँ गरिब भारतीयहरूले खुला स्थानमा दिसा–पिसाब गर्ने गर्छन्। त्यसले विशेषगरी महिला र बालबालिकालाई जोखिममा पार्ने गरेको छ।
(बीबीसी समाचारको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज १० गते शुक्रवार ।