काठमाडौ। नेपाली चलचित्र उद्योगमा एउटा गर्बिलो इतिहास कायम गरिसकेका बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ चलचित्र बसन्त ऋतु भव्य प्रदर्शन हुने भएको छ।

यही आउने फागुन २६ गते शनिवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा दुई–शो सार्वजनिक प्रदर्शन हुन लागेको हो। त्यसको लागि लगभग तयारी अन्तिम चरणमा पुगेको लेखक तथा निर्देशक जोशीले भिजन संसारलाई बताएका छन्।

चलचित्र बसन्त ऋतुका लेखक तथा निर्देशक जोशीले चलचित्रको कथाले नेपाली समाजलाई एकपल्ट चकित पार्ने र अढाई घण्टा दर्शकहरुलाई हलमा बाँधिरहन सफल हुने दावी नै गरेका छन्। कथा तथा पटकथा अनि संवाद अत्यन्त सशक्त भएको कारण चलचित्र बसन्त ऋतु बेजोड चलचित्र बनेको निर्माण युनिटको दावी रहेको छ।चलचित्र बसन्त ऋतुमा किशोर चिपालु, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जन, सुशील श्रेष्ठ लगायतका कलाकारहरुको अनुपम अभिनय रहेको छ। धुँ देय् प्रोडक्सन प्रा.लि.का लागि निर्माता रामकृष्ण धिनाको निर्माण रहेको चलचित्र बसन्त ऋतुमा गुज्ये मालाकारको संगीत तथा राजेश शाक्यको छायाँकन रहको छ। चलचित्र बसन्त ऋतु नेपालभाषा र नेपाली दुवै भाषामा निर्माण भएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ११ गते शुक्रबार ।