नायिका तथा मोडल एवम् सौन्दर्य व्यवसायी रेखा घिमिरेलाई जाडो याम भन्दा गर्मी यानी समर मौसम अत्यन्त मन पर्ने गरेको छ । जाडोमा चिसोले गर्दा केही काम गर्न पनि कठिनाइ हुने भएबाट समर मौसम सहज लाग्ने गरेको र चाहेअनुसारको लुज तथा फिटिङ्गस फेसन गर्न पाइने भएकोले समर मन पर्ने गरेको उनले खुलासा गरेकी छन् । समरमा सर्ट ज्याकेट तथा टोपी र कालो गगल्स लगाउन मन पराउने उनी समरमा कटनको टपस् र क्वाटर पाइन्ट नै बढी प्रयोग गर्ने गरेको बताएकी छन् । हेभी भन्दा लाइट मेकअप गर्न उनी बढी मन पराउने गर्छिन् ।

2015, 11 issue color.indd
हाल नेपालमा भन्दा देश–विदेशका महंगा प्रोग्राम तथा भारतको प्रान्तिय भोजपुरी फिल्महरुमा व्यस्त नायिका जेनिशा केसीलाई समरमा सामुद्रिक ततहरुमा मज्जाले पातला पहिरन लगाएर रमाउनुको बेग्लै मज्जा भएको भन्छिन्। लण्डनमा शुटिङ्ग भएको चलचित्र आँधी–बाटोमा त्यहाँको समुद्रमा हल्का पातलो समिज तथा क्वाटर पाइन्ट लाएर सट दिएको त्यो क्षण मेरो समरको अत्यन्त रमाइलो पल भएको उनले भनेकी छन्। जेनिशा भन्छिन् “मलाई एक्सपोजर ग्लेमर दिन बढी रहर भएकोले अरु मौसम भन्दा समर नै मन पर्दछ। जाडोमा चाहेर पनि यस्तो गर्न सकिदैन । त्यसमाथि मेरो शरीर नै मलाई गर्मी लाग्छ । त्यसकारण मोटा तथा बाँक्ला लुगा लगाउन नै सक्तिन । पातला फेसनेबल पहिरन नै मलाई मन पर्दछ । आइ लाइक समर सिजन एण्ड आइ लव समर।”

हाइक्लासकी विजनेश वुमन सन्जु खड्काले यो समरमा हेभी मेकअप गर्दिनन्। प्राय विजनेश फङ्गसनमा बाहिर निस्कदा सामान्य मेकअपमै निस्कने गरेको खड्काले भनेकी छन् । मेकअपमा उनी गाजल कहिल्यै छुटाउँदिनन् । भन्छिन्–“मेरो स्किन टोन डार्क भएकाले फ्लोरेलको गाजल लगाउँछु । यो गाढा कालो हुने भएकाले मलाई सुहाउँछ । यसका साथै लिपिस्टिक तथा सन क्रिम मेरा नियमित प्रसाधन हुन् । विभिन्न समारोह तथा इभेन्ट हेरेर पनि मेकअपमा ध्यान दिनुपर्ने भएकाले अन्य सामग्री थप हुनुलाई म स्वाभाविक मान्छु । मेरो केश न्याचुरल कर्ली भएकाले हेयर स्टाइल प्राय खुल्ला नै छोड्छु।”

समरको पहिरनमा एसेसरिज मिलाएर लगाउने ट्रेन्डको पनि हाल आएर निक्कै विकास हुँदै आएको छ। एसेसरिज र पहिरन एउटै हुँदा लगाएका सबै कुराले व्यक्तित्वमा निखार ल्याउने सुन व्यवसायी सुन्दीप शाक्य भन्छन् । व्यवसायी शाक्यले हाल आएर सुनका गहना कहिल्यै नलगाउनेहरु पनि अचेल ह्वाइट गोल्ड लगाउने फेसन चल्न थालेको भनेका छन् । हातमा ब्रासलेट अथवा डिजाइनर चुरा लगाउने विजनेश वुमन तथा सेलिब्रेटी देखि सर्वसाधारणसम्म हाल फेसनको रुपमा विकास भैसकेको उनको दावी रहेको छ ।Keki Adhikari ko Fashion Pared

नायिका केकी अधिकारी पनि सुनको गहना भन्दा व्हाइट गोल्ड लगाउन रुचि राख्ने गर्छिन् । एउटा नेक पिस भने आफूसँग रहेको बताउने उनी रेवान, अर्मानी आदिका सन ग्लास लगाउने गर्छिन् । बाहिर हिँड्दा भने एचएनएमको ठूलो ब्याग बोक्ने गरेकी उनको उक्त ब्यागमा हरदम केही कस्मेटिकलगायत अत्यावश्क सामानहरू हुने गर्दछ ।

सही अन्डर गार्मेन्ट्स
समरको यो मौसममा सही आकारको अन्डर गार्मेन्ट्स लगाउनुपर्छ । प्राय महिलाहरू गलत साइजको ब्रा लगाउँछन् । जसको कप अत्यन्त सानो हुन्छ । त्यसबाट न पर्र्फेट सेप प्राप्त हुन्छ न सही लुक तसर्थ उपयुक्त अन्डर गार्मेन्ट्स लगाउनुपर्छ । स्ट्रेट लाइन न्यारो ज्याकेट्स डार्क जिन्सका साथमा लगाउनुपर्छ । यसले स्लिमर लुक दिन्छ। त्यसको लागि सही फेब्रिकको छनोट गर्नुपर्छ । कतिपय फेब्रिक फुलेका जस्ता देखिन्छन् र तिनले हेभी लुक प्रदान गर्छन् । त्यस्ता फेब्रिकबाट जोगिनुपर्ने पाटनको पुलचौक स्थित अण्डर गामेन्ट वेयर व्यवसायी तथा स्टाइलिष्ट सुषमा राणाले भनेकी छन्।

Swiming-Barsha

व्यवसायी तथा स्टाइलिष्ट राणाका अनुसार,कतिपय फेब्रिक पातला हुन्छन् । यिनको फल पनि राम्रो हुन्छ जसले स्लिम लुक प्रदान गर्छन् । ब्राइट कलर र ठूल्ठूला प्याटर्नस्ले हेभी लुक प्रदान गर्छन् । स्ट्राइप्समा पनि होरिजेन्टल स्ट्राइप्ड लगाउनु हुँदैन। शरीरको कम्मरभन्दा मुनिको भाग हेभी छ भने डार्क कलर्सको जिन्स वा स्कर्ट लगाउनुपर्छ । शरीरको माथिल्लो भाग हेभी छ भने डार्क कलरको टप्स लगाउनुपर्छ । धेरै लुज फिटिङ वा टाइट फिटिङ लगाउनु ठीक होइन । यसबाट अझ बढी हेभी देखिन्छ ।

बडी टाइपअनुसार कर्भी हुनुहुन्छ भने स्ट्रेट वा बेल्ड स्टाइल बढी प्रयोग गर्नुपर्छ, नेचुरल लुकिङ सोल्डर पेडिङ छनोट गर्नुपर्छ । फ्लेप वा प्याच पकेट्स, हाई नेकलाइन तथा फिटेड पहिरन । होचो हुनुहुन्छ भने घुँडासम्म लामो कुनै पनि पहिरन छनोट गर्न सकिन्छ । ब्रेसलेट स्लिप्सयुक्त कोटले पनि टल लुक प्रदान गर्छ । आफ्नो स्टाइललाई हाइट दिन अम्पायर वेस्ट्स वा बेल्टको प्रयोग गर्नुपर्छ । डिटेल्ड नेकलाइन्सबाट पनि हाइट प्राप्त गर्न सकिन्छ।

लङ कोट, डबल लेयर तथा भोल्युम एड गर्ने खालको एवं डिटेल्ड स्टाइल्सबाट। काँधको चौडाइ कम छ भने डिफाइन्ड सोल्डर भएका टप्स तथा कोट लगाउनुपर्छ । प्याडेड सोल्डर छ भने अझ राम्रो हुन्छ । चौडा नेकलाइन प्रयोग गर्नुपर्छ । आफ्नो आउटफिटको मुनिको भाग माथिल्लोको तुलनामा कम चौडा राख्नुपर्छ ।

Karina Kapoor Red

बेल्ट लगाउनुपर्छ । ड्रप्ड स्लिब्स र सोल्डर्स, अनस्ट्रक्चर्ड स्टाइल्स, जसले फेब्रिकलाई नेचुरल सोल्डर लाइनमा फिट गराउँछ वा त्यस्तो स्टाइल र फेब्रिकबाट जोगिनुपर्छ, जसबाट नेचुरल सोल्डर स्पष्ट देखिन्छ । काँध बढी चौडा छ भने अनस्ट्रक्चर्ड टप्स वा ज्याकेट लगाउनुपर्छ । लेन्थ मिड हिप वा त्यसभन्दा थोरै बढी राख्नुपर्छ । भी–नेक न्यारो कोलर्सका साथ उपयुक्त मानिन्छ । हाई वा क्लोज नेक स्टाइल, स्ट्रक्चर्ड सोल्डर स्टाइल तथा पेटेड सोल्डर्स। बस्ट सानो छ भने खुल्ला चौडा गला भएका टप्स वा कोट् लगाउनुपर्छ । माथिको भाग डबल लेयर्ड भए अझ राम्रो हुन्छ । धेरै बढी बकस वा स्क्वेयर सेपबाट जोगिनुपर्छ।

बस्ट हेभी छ भने सिंगल लेयर्ड टप लगाउनुपर्छ । डिप भी–नेक न्यारो गलाका साथमा लगाउनुपर्छ । फिटेड बेस्ट पनि प्रयोग गर्न सकिन्छ तर त्यो धेरै हाई नहोस् भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ । हाई नेकलाइन, फुल स्लिब्स, प्याच पकेट्स तथा डबल लेयर्ड टप्स र टमी लुक छ भने स्ट्रेट कट ड्रेस उपयुक्त हुन्छ वा हल्का ए–कट डिजाइन प्रयोग गर्नुपर्छ । मिड हिप लेन्थको टप पनि उपयुक्त हुन्छ । टप वा ज्याकेटमा ओभरसाइज्ड बटन हुनुहुँदैन । धेरै फिटिङ पहिरन विशेषगरी कम्मरमा फिटिङ, पकेट वा डिजाइन्स भएको राम्रो हुन्छ ।
करेक्टिभ मेकअप
यो समरमा मेकअपले अत्यन्त भूमिका निर्वाह गर्ने गर्दछ । सकभर अनुहार तथा शरीर सुहाउंदो मेकअप गर्नुपर्ने सौन्दर्यविज्ञ विनीता श्रेष्ठको भनाई रहेको छ । प्रकृति प्रदत्त शारीरिक कमी–कमजोरीलाई मेकअपका माध्यमबाट लुकाउन सकिन्छ । कुनै नमिलेको भाग मिलाउन सकिन्छ ।
आफूमा भएको कमजोरी लुकाउन तथा आफ्नो सुन्दरतामा निखार ल्याउन मेकअप जादुको छडी जत्तिकै काम गर्ने सौन्दर्यविज्ञ श्रेष्ठले भनेकी छन् । करेक्टिभ मेकअपको माध्यमबाट हलुका सेड तथा विभिन्न रंगको सहयोगले आफ्नो अनुहारको फिचर्सलाई निखार्न सकिन्छ।

अनुहारलाई नापतौल गरी नयाँ रूप दिन सकिन्छ । मेकअपको सहायताले पातलो ओठलाई मोटो देखाउन सकिन्छ । आँखीभौं फरक–फरक छ भने त्यसलाई मिलाउन सकिन्छ । मेकअप करेक्टरको सहायताले अनुहारमा भएका कुनै पनि दोषलाई हटाउन सकिने सौन्दर्यविज्ञ श्रेष्ठले भनेकी छन् । उनी करेक्टिभ मेकअपको प्रयोगबाट अनुहारमा भएका कतिपय दाग कम गर्न सकिने भन्छिन् ।

Swiming 1

सुन्दर शरीर
समरमा जो कोही पनि सुन्दर बन्न चाहन्छन् । जाडो याममा छोपिएको सुन्दरतालाई सकभर यो समरमा खुल्ला राख्ने चाहना हरेक महिला तथा पुरुषमा हुने गरेको हेयर स्टाइलिष्ट राजु नापित भन्छन् ।

त्यसमाथि समरको गर्मीमय दैनिक भागदौड, घाम एवं प्रदूषण आदिबाट अनुहार तथा शरीरको छालालाई जोगाउन महिला तथा पुरुषहरू अनेकौं सौन्दर्य प्रसाधन प्रयोग गर्छन् । बजारमा उपलब्ध ती रसायनयुक्त सौन्दर्य प्रसाधनले छालालाई हानि पु¥याउने धेरै संभावना रहने गर्दछ ।

दागरहित चम्किलो छालाका लागि गुलाबजल, बदाम, केसर तथा चन्दनजस्ता प्राकृतिक तत्वहरू प्रयोग गर्नु हानिरहित एवं सौन्दर्यका लागि प्रभावकारी हुन्छ । सकभर समरको सुन्दरताको लागि प्राकृतिक सौन्दर्य प्रसाधनहरु प्रयोग गर्नु नै निक्कै राम्रो हुने अर्का सौन्दयविज्ञ मीना गुरुङ्गले भनेकी छन् ।
प्रकाशन मिति–२०७३ साल जेठ ४ गते मंगलवार ।