काठमाडौं। थाइल्यान्ड र सिंगापुरको सामुन्द्रीक सिमानामा गुडिरहेको जहाजमा नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१८ संपन्न भएको छ। यस अवार्ड कार्यक्रममा सोही जहाजमा सवार नेपाली अर्गानिक गायिका पूजा सुनुवार दुई विधामा अवार्डेट बनेकी छन्।

काठमाडौ शहर बोलको गीतबाट आधुनिक गायन विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका सुनुवारले जितेकी हुन्। लोकप्रिय पब्लिक भोट र जुरि मुल्यांकन दुबैलाई आधार बनाईएको उक्त अवार्डमा आफ्नो विधामा अन्जु पन्त,मिलन अमात्य र सत्यकला राई जस्ता चर्चित नामहरुलाई पाखा लगाउदै गायिका सुनुवारले बाजी मारेकी हुन्।

त्यसैगरी गायिका सुनुवारले नेवारी गीतबाट नेपाल भाषा (नेवारी) गीतको सर्वोत्कृष्ट गायिकाको विधामा पनि बाजी मारेकी छन्। तिमिला या ज बोलको नेपालभाषामा गाएको गीतमा पनि गायिका सुनुवार सर्वोत्कृष्ट गायिकाको अवार्डवाट अवार्डेट बनेकी हुन्। यस हिसावले नेपाली र नेपालभाषाकी सर्वोत्कृष्ट गायिकाको अवार्ड पाउने पहिलो गायिका पनि गायिका सुनुवार बनेकी छन्।

सोही अवार्ड कार्यक्रममा सवैका अत्यन्त प्रिय फोटोग्राफर च्याङ्बा लामालाई लोकप्रिय फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो। च्याङ्बा लामालाई गुडिरहेको जहाजको क्रुजमा लोकप्रिय अवार्ड तथा उडिरहेको हवाईजहाजमा मायाको चिनो प्रदान गरिएको थियो।

रिपोर्टिङको लागि टोली आबद्ध हुँदै त्यहाँ पुगेका विज्ञ व्यक्तित्व तथा मिडिया पर्सन कृष्ण सुनुवारलाई पनि मायाको चिनोव्दारा उडिरहेको हवाईजहाजमा सम्मानित गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल असोज २३ गते मंगलवार ।